सुनसरीकाे बर्जु गाउँपालिकाे वडा नं १ मा क्रान्तिकारी कम्युनिस्ट पार्टीको सेल कमिटी गठन
२०८१ असार ३१ सोमवार १९:५७
इटहरी । सुनसरिकाे वर्जु गाउँपालिका वडा नं १ मा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालकाे एक भेलाले सन्दिप ऋषिदेवकाे अध्यक्षतामा ९ सदस्यीय सेल कमिटि गठन गरिएकाे छ । जसमा सदस्यहरुनारायण ऋषिदेव, रामप्रसाद ऋषिदेव, खर्कुट,सञ्जय,कासिनाथ,विजय,भरत, लारिक ऋषिदेव रहनुभएकाे छ । उक्त भेला क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सुनसरी सह- संयाेजक एवं केन्द्रीय सल्लाहाकार सदस्य कमरेड पारस लिम्वु , पार्टी प्रदेस सदश्य क. देव मुण्डा ,पार्टी प्रदेश सदश्य एवं क्रान्तिकारी महिला संगठन नेपाल सुनसरी संयाेजक क. निरु पाेख्रेलकाे उपस्थितमा सम्पन्न भएकाे थियाे ।यसैबिच, गत २०८१ जेष्ठ २४ गते सुनसरीकाे वर्जु गाउपालिका १ वुधवारेमा हरिलाल ऋषिदेवकाे सामुहिकरुपमा जगन्य हत्या भएकाे र उक्त हत्या जागेश्वर यादव समेत १५ जनाकाे संलग्नता रहेकाे घटनाकाे बारेमा क्रान्तिकारी कम्युनिस्ट पा...

