नेपाल कम्युनिष्ट पार्टीको स्थापना नेपाली समाजमा व्याप्त सामन्ती तथा साम्राज्यवादी शोषण, दमन र उत्पीडनको अन्त्य गरी जनवादी क्रान्ति सम्पन्न गर्ने, जनवादी व्यवस्थाको सुदृढीकरण मार्फत राष्ट्रिय पूँजीको विकास गर्दै समाजवादी शासन व्यवस्था लागू गर्दै वैज्ञानिक साम्यवाद स्थापना गर्ने महान् उद्देश्य राखेर गरिएको थियो । त्यस उद्देश्यलाई कार्यान्वयनमा लान व्यापक रुपमा जनतालाई गोलबद्ध गर्दै समाजमा रहेका वर्गीय, जातीय, लैंगिक, सामाजिक, सांस्कृतिक र भौगोलिक विभेदहरूको अन्त्य गरेर सामाजिक न्यायसहितको स्वतन्त्रता र आमजनता सुखी एवं समृद्ध भएको समाज स्थापना गर्ने लक्ष्य उद्देश्य राखेको थियो । पार्टीले सङ्घर्षका विभिन्न रूपहरू अवलम्बन गर्दै आफ्ना लक्ष्य उद्देश्य…
![]()